प्रभु बैंक र बाग्लुङको इला कम्फर्ट होटल एन्ड रिसोर्टबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका २ आवारोडस्थित इला कम्फर्ट होटल एन्ड रिर्सार्टबीच व्यवसायिक साझेदारी भएको छ।
आइतबार एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरुलक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
इला कम्फर्टका महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यसअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ। यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पूजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरुको बाक्लो उपस्थिति हुने गर्दछ।
बाग्लुङमा पञ्चकोट, शालिग्राम संग्रहालय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ।
पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ।
योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुनेछन्।
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया