कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
मेरोन्यूज
२०८२ जेठ ११ गते १७:५९

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिएका थिए ।
नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भने । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया