‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका हुन्।
ग्लोबल स्काई क्लब कार्डवाहकहरूले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरूप निःशुल्क टिकट पाइने बताइएको छ ।
साथै ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरूको लागि प्रयोग गर्न सकिनेछ । ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।
कार्डबाहक ग्राहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुविधा पनि पाउने उनको भनाइ छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया