युवापुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैन : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवापुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने उल्लेख गरे । अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको स्पष्ट पारे ।
बुद्धिजीवीहरूलाई राजनीतिक दलहरूको चाकरी नगर्न आग्रह गरे । भीसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गरे ।
“युवापुस्तालाई विदेश पठाएर न मुलुकको अर्थतन्त्र अघि बढ्छ । न मुलुकको शिक्षा क्षेत्र । त्यसैले मूल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने ? मैले यही मोडालिटी खोजेँ । मलाई सबैभन्दा बढी हेर्न मन लागेको चाइनिज, इन्डियन, अमेरिकी, ब्रिटिश र बंगलादेशको पनि हेरेँ । मैले सुरुदेखि कुनकुन मोडालिटीमा गएका रहेछन् भनेर डकुमेन्ट नै बनाउन लगाएँ,” उनले भने ।
मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया