आईपीएलको क्लोजिङ सेरोमोनीमा ‘अपरेशन सिन्दुरको जश्न’ मनाइने

नयाँदिल्ली। भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो ।
जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश ए मोहम्मद, लश्कर ए तैयबा र हिजबुल मुजाहिद्दीन जस्ता संगठनहरूसँग सम्बद्ध आतंककारीहरूमाथि यो हमला गरिएको थियो।
अपरेशन सिन्दूर यसकारण सुरु गरिएको थियो कि नअप्रिल २०२५ मा पहलगाममा आतंकवादी हमलामा २५ निर्दोष मानिसहरूको ज्यान गएको थियो, जसको प्रतिक्रियामा भारतले यो कारबाही गरेको हो ।
अब सोही ‘अपरेशन सिन्दूर’ को सफलता आईपीएलमा पनि मनाइने भएको । बिसिसिआइले एउटा विशेष योजना बनाएको छ, जुन आईपीएल २०२५ को समापन समारोहमा देखिनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को समापन समारोहमा भारतीय सशस्त्र बल (आईएएफ) लाई विशेष श्रद्धाञ्जली अर्पण गर्ने योजना बनाएको छ। यो समारोह आईपीएलको फाइनल खेल सुरु हुनु अघि जुन ३ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
स्पोर्ट स्टारका अनुसार बीसीसीआई सेक्रेटरी देवजित सैकियाले भनेका छन कि भारतीय क्रिकेटको प्रशासकीय निकायले यसका लागि रक्षा प्रमुखका साथै सेना, नौसेना र वायुसेनाका प्रमुखहरूलाई निम्तो दिएको छ।
पहलगामी घटना पछि गरिएको ‘अप्रेसन सिन्दुर’का कारण आईपीएल २०२५ एक साताका लागि स्थगित भएको थियो, त्यसपछि म्याच पुन गत मे १७ बाटसुरु भएको थियो। लिगको फाइनल यसअघि मे २५ मा कोलकातामा खेलिने भनिएको थियो।
तर, भारत र पाकिस्तानबीचको तनावका कारण यस प्रतियोगिताको फाइनल अब ३ जुनमा हुनेछ। प्लेअफ खेल २९ मेबाट सुरु हुनेछ, जसमा मुल्लानपुरमा पहिलो क्वालिफायर र एलिमिनेटर खेल्नेछ।









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया