व्यक्ति हत्या गरेको अभियोग लागेका पूर्वसांसद आफताबलाई सफाइ

वीरगञ्ज (पर्सा) ।उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको आजको संयुक्त इजलासले विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धित यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो । पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो । सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया