सभापति देउवाद्वारा नेता खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
खड्काको ८२ वर्षको उमेरमा दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी विगत केही वर्षदेखि ‘क्यान्सर’ रोगबाट पीडित थिए ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा खड्काको निधनको खबरले दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनजनमा समवेदना प्रकट गरेका छन् ।
स्व खड्काले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने कांग्रेसले जनाएको छ । विक्रम संवत् १९९९ साउन १९ गते जन्मनुभएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला पार्टी सभापति थिए ।
नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूका क्रममा उहाँले पटक–पटक जेलजीवन, प्रहरी हिरासत र यातनासमेत व्यहोर्नु भएको थियो । विसं २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र २०६४ मा संविधानसभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए । विसं २०५६ मा उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए ।
विसं २०५२ मङ्सिरमा उनी भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्यमन्त्री भएका थिए । स्व खड्काले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खड्काको निधनबाट कांग्रेसले एक कुशल सङ्गठनकर्ता, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया