श्रम मन्त्रालयको बजेट ४ अर्ब २८ करोड
मेरोन्यूज
२०८२ जेठ १५ गते १६:२७

काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।
उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको बताए। उनले बेरोजगारी समस्यालाई दिगो रूपमा समाधानको लागि श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने बताए।
अर्थमन्त्री पौडेलले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन गरेको जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया