४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ

धनगढी । कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पौन १२ बजेतिर इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा डेरा गरी बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार ती सामानहरू भन्सार नतिरी अवैध रूपमा भित्र्याइएको देखिएको छ । बरामद गरिएका सामानसहित वलीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया