सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

सिन्धुपाल्चोक । आगामी मन्सुन यामलाई मध्यनजर गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर सिन्धुपाल्चोकको आयोजना तथा नेपाली सेना ईन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा नदीजन्य विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नदीजन्य सम्भावित घटनालाई मध्यनजर गर्दै काल्पनिक घटनाक्रम निर्माण गरी वास्तविक जस्तै अभ्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा प्रमुख अतिथिको आतिथ्यतामा भएको कार्यक्रमका प्रमुख जिल्ला अधिकारी किरण थापा, गणपति सप्रउ अच्युत कुमार मजगैयाँ, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय, जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
सहकार्य र समन्वयमा आधारित उक्त अभ्यासले विपद् अवस्थामा आवश्यक तयारी, उद्धार र राहत कार्यमा सुरक्षाकर्मी तथा स्थानीय निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर प्रमुख सप्रउ अच्युत कुमार मजगैयाँले जानकारी दिए ।
















रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया