सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

सिन्धुपाल्चोक । आगामी मन्सुन यामलाई मध्यनजर गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर सिन्धुपाल्चोकको आयोजना तथा नेपाली सेना ईन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा नदीजन्य विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नदीजन्य सम्भावित घटनालाई मध्यनजर गर्दै काल्पनिक घटनाक्रम निर्माण गरी वास्तविक जस्तै अभ्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा प्रमुख अतिथिको आतिथ्यतामा भएको कार्यक्रमका प्रमुख जिल्ला अधिकारी किरण थापा, गणपति सप्रउ अच्युत कुमार मजगैयाँ, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय, जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
सहकार्य र समन्वयमा आधारित उक्त अभ्यासले विपद् अवस्थामा आवश्यक तयारी, उद्धार र राहत कार्यमा सुरक्षाकर्मी तथा स्थानीय निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर प्रमुख सप्रउ अच्युत कुमार मजगैयाँले जानकारी दिए ।













सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया