बालबालिकाका सम्पूर्ण सामग्री अब ‘जिरो टु टेन’ स्टोरमा पाइने

काठमाडौं । काठमाडौंमा बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ । उनीहरूका लागि सामग्री किन्न फरक–फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ ।
भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो । एउटै छातामुनि बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडीदेखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका सञ्चालक विष्णु पोखरेलले जानकारी दिए । नयाँबानेश्वरस्थित मिराकल प्लाजाको भुई तल्लामा जिरो टु टेन स्टोर रहेको छ । यो स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि हो ।
पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्थासमेत मिलाएको छ । उद्घाटनको दिन सम्पूर्ण सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।
सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरूमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिए । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया