प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही (दाङ)। यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।
सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ ।
समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताए । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको जनाउँदै अध्यक्ष रिजालले भने, “वन क्षेत्रमा खेर जाने पातपतिङ्गरलाई सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादनमा जोडिएका छौँ, यसले सुक्खा समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोग गरेको छ ।”
सुक्खाका समयसँगै अन्य वनमा आगलागी भए पनि अजम्बरी सामुदायिक वन क्षेत्रमा लागेको छैन । त्यसले गर्दा वनमा खेर जाने वस्तुको सदुपयोग भएको छ भने आगलागी नियन्त्रण र आम्दानीमा सहयोग पुगेको छ । यहाँ वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारी पाएका छन् ।
वन व्यवस्थापनमा आधारित कार्यक्रमअन्तर्गत समुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजार सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको अध्यक्ष शर्मा बताउँछन् । वन जङ्गलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगारी मिलेको अध्यक्ष रिजालले बताए ।
अध्यक्ष रिजालका अनुसार वन समूहले प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरी काम सुरु गरे पनि अहिले थोरै उत्पादन भएको र उक्त मल वन समूहले सञ्चालन गरेको हरित पार्कमा बिरुवा हुर्काउन प्रयोग गरिएको बताए ।
वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनसँगै पछिल्लो समय जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरलाई सदुपयोग गरेर प्राङ्गरिक मल उत्पादन गरेर अजम्बरी सामुदायिक वन समूहले नमूना काम गरिरहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।
वन समूहको मल उत्पादन गर्ने कार्यले पातपतिङ्गरको व्यवस्थापनसँगै वन समूहलाई आयआर्जनमा सहयोग पुग्ने उनले बताए । प्राङ्गारिक मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा पशु चौपाया व्यवस्थापनसमेत गरिएको मल उत्पादनसम्बन्धी काम गर्दै आएका लमही–५ लमही निवासी मैते पुन बताउँछन् ।
वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले पछिल्लो समय पर्यटन क्षेत्र निर्माणसँगै जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आगामी दिनमा आयआर्जनमा टेवा पुग्ने छ ।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया