यामाहाको एमटी–१५ भर्सन २ को खरिदमा प्रिमियम राइडिङ ज्याकेट

काठमाडौं । यामाहा नेपालले आफ्नो लोकप्रिय मोटरसाइकल एमटी–१५ भर्सन २ को खरिदमा विशेष उपहार अफर सार्वजनिक गरेको छ । जेठ १८ गतेदेखि लागु भएको यो अफरअन्तर्गत नेपालभरका अधिकृत यामाहा सोरुमहरूबाट एमटी–१५ भर्सन २ किन्ने ग्राहकले प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् ।
‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको यो ज्याकेट उच्च गुणस्तर, आधुनिक डिजाइन, टिकाउपन र सुरक्षाको संयोजन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो अफर नगद वा किस्ताबन्दी योजना दुवैमा लागु हुनेछ । निलो तथा सेतो रंगका मोटरसाइकलमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल भन्छन्, “एमटी–१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजनको प्रतीक हो, जसले नयाँ पुस्ताका नेपाली राइडरहरूको आवश्यकतालाई सम्बोधन गर्छ । यो अफरमार्फत हामी उनीहरूको राइड अनुभवलाई स्टाइल र सुरक्षाको नयाँ उचाइमा पुर्याउन चाहन्छौँ ।”
जापानी प्रविधिमा आधारित यामाहा मोटरसाइकल एमएडब्ल्यू राइड्समार्फत नेपालमा बिक्री वितरण हुँदै आएका छन् । उत्कृष्ट इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र उपभोक्ता केन्द्रित नवप्रवर्तनमार्फत यामाहाले नेपाली दुईपांग्रे बजारमा अग्रणी स्थान बनाएको छ ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया