यामाहाको एमटी–१५ भर्सन २ को खरिदमा प्रिमियम राइडिङ ज्याकेट

काठमाडौं । यामाहा नेपालले आफ्नो लोकप्रिय मोटरसाइकल एमटी–१५ भर्सन २ को खरिदमा विशेष उपहार अफर सार्वजनिक गरेको छ । जेठ १८ गतेदेखि लागु भएको यो अफरअन्तर्गत नेपालभरका अधिकृत यामाहा सोरुमहरूबाट एमटी–१५ भर्सन २ किन्ने ग्राहकले प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् ।
‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको यो ज्याकेट उच्च गुणस्तर, आधुनिक डिजाइन, टिकाउपन र सुरक्षाको संयोजन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो अफर नगद वा किस्ताबन्दी योजना दुवैमा लागु हुनेछ । निलो तथा सेतो रंगका मोटरसाइकलमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल भन्छन्, “एमटी–१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजनको प्रतीक हो, जसले नयाँ पुस्ताका नेपाली राइडरहरूको आवश्यकतालाई सम्बोधन गर्छ । यो अफरमार्फत हामी उनीहरूको राइड अनुभवलाई स्टाइल र सुरक्षाको नयाँ उचाइमा पुर्याउन चाहन्छौँ ।”
जापानी प्रविधिमा आधारित यामाहा मोटरसाइकल एमएडब्ल्यू राइड्समार्फत नेपालमा बिक्री वितरण हुँदै आएका छन् । उत्कृष्ट इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र उपभोक्ता केन्द्रित नवप्रवर्तनमार्फत यामाहाले नेपाली दुईपांग्रे बजारमा अग्रणी स्थान बनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया