सोमबार, फागुन २५, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

मेरोन्यूज २०८२ जेठ १९ गते ११:३६

काठमाडौँ । सोमवार सुनचाँदीको मूल्य बढेको छ।

Advertisement
nepal life insurencenepal life insurence

तोलामा एक हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया