प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु
मेरोन्यूज
२०८२ जेठ १९ गते १६:४५

काठमाडौँ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
यस्तै कांग्रेसबाट पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, कृष्णप्रसाद सिटौला छन् । माओवादीबाट महासचिव देव गुरुङ, संसदीय दलका नेता हितराज पाण्डे छन् ।

सम्बन्धित
प्रतिक्रिया