हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने
मेरोन्यूज
२०८२ जेठ २१ गते ८:०५

हेटौडा । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ।
कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया