राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन
मेरोन्यूज
२०८२ जेठ २० गते ८:५६

सोल । राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले दक्षिण कोरियामा निर्वाचन भइरहेको छ। मतदान नेपाली समय अनुसार साँझ पौने ५ बजेसम्म चल्ने जनाइएको छ।
निर्वाचनको अग्र मोर्चामा विपक्षी नेता ली जाय म्युङ छन्। यसैगरी, अहिलेका मन्त्री सत्तारुढ किम मुन सु उम्मेदवार छन्।
अहिले भएको निर्वाचनको पृष्ठभूमि डिसेम्बर महिनामा युनको अप्रत्याशित कदम र उनको ओरालो यात्रासँग जोडिएको छ। लामो समय देखिको मित्र शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर नीति पछि आफूलाई कुन स्थानमा राख्ने भन्ने कुराको तय गर्नु नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौतीमा विषय हो।
उम्मेदवार भएका विपक्षी नेता म्युङमाथि पनि धेरै अभियोग लगाइएको छ। निर्वाचनको समयमा यसका सबै सुनुवाइ स्थगित भएका छन्। उनले जित हात पारेमा पनि यसले त्यस देशमा कानुनी झमेला उत्पन्न गर्नसक्ने छ।
सम्बन्धित










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया