राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन
मेरोन्यूज
२०८२ जेठ २० गते ८:५६

सोल । राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले दक्षिण कोरियामा निर्वाचन भइरहेको छ। मतदान नेपाली समय अनुसार साँझ पौने ५ बजेसम्म चल्ने जनाइएको छ।
निर्वाचनको अग्र मोर्चामा विपक्षी नेता ली जाय म्युङ छन्। यसैगरी, अहिलेका मन्त्री सत्तारुढ किम मुन सु उम्मेदवार छन्।
अहिले भएको निर्वाचनको पृष्ठभूमि डिसेम्बर महिनामा युनको अप्रत्याशित कदम र उनको ओरालो यात्रासँग जोडिएको छ। लामो समय देखिको मित्र शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर नीति पछि आफूलाई कुन स्थानमा राख्ने भन्ने कुराको तय गर्नु नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौतीमा विषय हो।
उम्मेदवार भएका विपक्षी नेता म्युङमाथि पनि धेरै अभियोग लगाइएको छ। निर्वाचनको समयमा यसका सबै सुनुवाइ स्थगित भएका छन्। उनले जित हात पारेमा पनि यसले त्यस देशमा कानुनी झमेला उत्पन्न गर्नसक्ने छ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया