आइसिसी विश्वकप : नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
मेरोन्यूज
२०८२ जेठ २१ गते २०:३८

काठमाडौँ। आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । त्यसैगरी कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे ।
विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायनले ३४ बलमा २७ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित
















२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया