रुसद्वारा उत्तरी युक्रेनमा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् ।
“भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ”, चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेख्नुभएको छ, “छ जना घाइते भएका छन् र अस्पतालमा भर्ना भएका छन्, विस्फोटले आवासीय क्षेत्रका घरहरूमा क्षति पु¥याएको छ ।”
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दशौँ हजार मानिस मारिएका छन्, पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
युक्रेनले रूसी भूमिमा बदला लिएको छ, सप्ताहन्तमा रूसी सैन्य एयरबेसहरूमा नाटकीय ड्रोन आक्रमण गरी अर्बौं डलरको आणविक हतियार बोक्न सक्ने विमानहरू नष्ट गरेको छ ।
रुसी नेता भ्लादिमिर पुटिनले किएभको आक्रमणको बदला लिने बताउनुभएको छ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविराम वा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेको देखिन्छ ।
बुधबार युक्रेनको दक्षिण भागमा रूसले कब्जा गरेको खेरसन क्षेत्रमा भएको बम विष्फोटले यस क्षेत्र बिजुलीविहीन भएको गभर्नर भ्लादिमिर साल्डोले बताएका छन्।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया