साताकाे अन्तिम दिन घट्यो सेयर बजार
मेरोन्यूज
२०८२ जेठ २२ गते १७:३९

काठमाडौँ । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अंकले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ ।
आज तीन सय ११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ दशमलव ४६ को कारोबार भएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिन रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएकामा आज कारोबार रकम भने बढेको हो ।
आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ । एक सय ९३ कम्पनीको शेयर मूल्य घट्दा एउटा कम्पनी स्थिर छ । रिर्भस फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।
सम्बन्धित









यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया