स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन कार्यदल गठन
मेरोन्यूज
२०८२ जेठ २२ गते १९:१३

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन प्रा. डा. प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ ।
१४ जेठमा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको हो । बोर्डका अनुसार समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईँ, डा. सन्तोष पौडेल र नर्सिङ निर्देशक रोशनी तुइँतुइँ छन् ।
यसैगरी डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली, रञ्जना पोखरेल पनि सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन् । समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधि दिइएको छ ।
स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित विवरण तथा दर रेट १ भदौ २०८१ देखि लागू गरेको थियो ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया