एकीकृत समाजवादीले भन्यो-‘अध्यक्ष नेपालविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ ।
पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् ।
‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको षड्यन्त्र भनेको हो ।
विज्ञप्तिमा भुसालले पार्टी अध्यक्षले नै कुनै कमजोरी नगरेको बताएको भन्दै कानुनी प्रक्रियाको सामना गर्ने स्पष्ट पारेका छन् ।
‘यस घटनालाई स्वयं पार्टी अध्यक्ष माधवकुमार नेपालले नबिराउनु, नडराउनु भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गर्नु भएको छ । र, त्यसरी नै कानुनी प्रक्रियाको सामना गर्ने दृढता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पङ्क्ति र जनसमुदायलाई अनुरोध गरिन्छ ।’











एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सरकारले गठन गर्याे उच्चस्तरीय राजनीतिक संवाद समिति
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया