मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई नाइमाको सुझाव

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी मौद्रिक नीति तयारी सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई अटोमोबाइल क्षेत्रसँग सम्बन्धित रणनीतिक सुझावहरू पेस गरेको छ । नाइमाले राष्ट्र बैंकको गभर्नरमा हालै नियुक्त भएका गोविन्द नेपाललाई बधाई दिदै देशको मोबिलिटी क्षेत्रको हितमा ठोस नीति समावेश गर्न आग्रह गरेको हो ।
नाइमाले सवारीसाधन कर्जासम्बन्धी कर्जा अनुपातलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पुनरावलोकन गर्न आग्रह गरेको छ । नाइमाका अनुसार, विद्युतीय तथा इन्जिन दुवै प्रकारका सवारीसाधनका लागि ८०ः२० को कर्जा अनुपात व्यवस्था लागू गरिएमा उपभोक्ताको पहुँच बढ्ने, अटो बजार विस्तार हुने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
त्यस्तै, चिनियाँ सवारीसाधन आयातका क्रममा युआनमा एलसी खोल्न हालको सीमित प्रणाली पुनः परीक्षण गर्न नाइमाले आग्रह गरेको छ । हालको व्यवस्थाअनुसार, लाभग्राही कम्पनी चीनमा नभएमा युआनमा एलसी खोल्न नपाइने प्रावधान छ, जुन त्रिपक्षीय व्यावसायिक मोडलअनुसार अव्यावहारिक रहेको नाइमाको बुझाइ छ ।
यस्तो अवस्थामा, उत्पादन चीनमै भएर ढुवानी पनि चीनबाट हुने भएमा लाभग्राही जुनसुकै देशको भए पनि युआनमा एलसी खोल्न अनुमति दिनुपर्ने नाइमाको माग छ ।
नाइमाले सवारीसाधन कर्जामा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत गर्नुपर्ने सुझाव पनि दिएको छ । सवारी कर्जा सुरक्षित मानिने, पुनर्बिक्री योग्य हुने र डिफल्ट दर न्यून भएको कारणले गर्दा यस्तो नीति परिवर्तनले वित्तीय क्षेत्रमा झनै स्थायित्व ल्याउने विश्वास व्यक्त गरिएको छ ।










निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया