पर्सामा आगलागी हुँदा घरगोठ जले

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन्।
विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले आज बिहान विद्युत् सर्ट भएर आगजनी हुँदा दुई फुसको घर र गोठ जलेर क्षति भएको जानकारी दिए।
‘आगलानीको घटना थाहा हुने वित्तिकै स्थानीय प्रहरी र दमकलसहित स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो’, उनले भने, ‘तत्कालै सावधान अपनाएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति हुन पाएन।’
आगलागी कारणले रामाशङ्कर गिरीको फुसको गोठ र फुसको बस्ने घर, अन्नपात अन्नपात, लत्ताकपडा गरगहना गरी रु सात लाख मूल्य पर्ने क्षति भएको छ। त्यस्तै गरी गिरीकै एक भैँसी र पाडो जलेर घाइते भएको छ।
त्यस्तै गरी गिरीको छिमेकी दरोगा गिरीको फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर क्षति भएको छ। पर्सा प्रहरीका अनुसार गिरीको घरमा रहेको धान गहुँ, काठ, भाँडाकुडा र गरगहना गरी साढे सात लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।










नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग खेल्दै नेपाल
प्रतिक्रिया