आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया
मेरोन्यूज
२०८२ जेठ २५ गते १४:५१

टक्सार (भोजपुर) । जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ । यहाँ आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरुको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।
प्रमुख श्रेष्ठले भने, “समस्या भएर पनि उपचार नपाउनु भएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिनुभयो ।” जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायतको टिमले शिविरमा सेवा दिएको थियो ।
सम्बन्धित
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया