बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
मेरोन्यूज
२०८२ जेठ २५ गते २०:३५

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न १ बजे बस्दैछ ।
प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण (कर राजस्वबाहेक) प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि पूर्ण छलफल गरिने बताए ।
उनले आगामी असार १ गते बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले सरकारको वार्षिक २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए।
प्रदेशसभाको गत जेठ २१ गतेको बैठकबाट सरकारको २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो ।
सम्बन्धित
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया