बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
मेरोन्यूज
२०८२ जेठ २५ गते २०:३५

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न १ बजे बस्दैछ ।
प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण (कर राजस्वबाहेक) प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि पूर्ण छलफल गरिने बताए ।
उनले आगामी असार १ गते बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले सरकारको वार्षिक २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए।
प्रदेशसभाको गत जेठ २१ गतेको बैठकबाट सरकारको २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया