मंगलबार, फागुन २६, २०८२

२३ अंकले बढ्यो सेयर बजार, काराेबार रकम कति ?

मेरोन्यूज २०८२ जेठ २६ गते १५:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अंक अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

Advertisement
nepal life insurencenepal life insurence

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् ।

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् । साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजारपुँजिकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

प्रतिक्रिया