बुधबार, जेठ २८, २०८२

मंगलबार घट्याे सुनकाे मूल्य, आज ताेलाकाे कति ?

मेरोन्यूज २०८२ जेठ २७ गते १२:१८

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

सोमबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
machhapuchare

प्रतिक्रिया