नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सनकुमार झा आजको खेल खेल्नबाट वञ्चित भएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।
त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ । आज नेपाल तेस्रो जितको खोजीमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक विकेटले तथा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै, नेपाल स्टकल्यान्डसँगको दोस्रो खेलमा भने दुई रनले पराजित भएको थियो ।
यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्स भने स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी छन् ।


















मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया