मंगलबार, वैशाख ८, २०८३

विगतमा म हराएँ, अब वर्षमा एउटा चलचित्रमा खेल्छु : राजेश हमाल

मेरोन्यूज २०८२ जेठ २७ गते १९:१८

काठमाडौँ । अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन्। सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताएका हुन्।

Advertisement
NiccNicc

उनले भने, ‘केही वर्ष म चलचित्रबाट हराएँ। किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु। म जति समय काम गर्छु, एउटा चलचित्र बर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ।’

उनले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताए। ‘अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन,’ अभिनेता हमालले भने।

पुस्तकका विषयमा जानकारी दिँदै उनले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिए। उनले आठ वर्षपछि अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ यही जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया