आइतबार, फागुन २४, २०८२

कुमारी बैंक र भेहिकल एकेडेमीबीच सम्झौता

मेरोन्यूज २०८२ जेठ २९ गते २०:४४

काठमाडौं । कुमारी बैंक र काठमाडौं स्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधार स्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको बताइएको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।   

प्रतिक्रिया