‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ ।
भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई होम्बुवाबाट काम अघि बढेको उनले जानकारी दिए । यहाँ स्वीस सरकारसँगको साझेदारीमा करिब ३२ लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
हतुवागढी–३ सिन्द्राङमा सङ्घीय सरकारको १८ लाख लागतमा पदमार्ग निर्माण भइरहेको अध्यक्ष राईको भनाइ छ । तोसिखोमबाट सङ्खाम जोर आहालसम्म पदमार्ग निर्माण गरिनेछ । रामप्रसाद राई गाउँपालिकामा चालु आर्थिक वर्षमा एक हजार ३०० मिटर पदमार्ग निर्माण गरिनेछ ।
यहाँ वडा नं ६ मा पर्ने थाम डाँडा, गोल्मे राजा, गोल्मे रानी आसपासमा काम भइरहेको उहाँले जानकारी दिए । हालसम्म करिब २०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा करिब रु ३० लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।
त्यस्तै आमचोक गाउँपालिकामा करिब दुई किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँ दाबुराङबाट थाम डाँडासम्म पदमार्ग निर्माण हुने छ ।
चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत तथा सङ्घीय सरकारको ८ प्रतिशत लागत साझेदारी हुने बताइएको छ ।
ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोसी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी भोजपुर हतुवागढीको माइबेनी, शिलासुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राई–६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागछाँगा, वडा नं २ को पाप्माखाम गढी, बतासे र वडा नं १ ओख्रेहुँदै टेम्केमैयुङ–९ को कपासे भञ्ज्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ वैकुण्ठेका वडाध्यक्ष एकराज आचर्यले बताए ।
तावाभञ्ज्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएसँगै भोजपुर साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने छ । यो कार्यक्रम २०८५ सालसम्म सञ्चालन हुने छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ ।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया