लेमिनार टाइल्सको नयाँ डिलर शो रूम ललितपुरको भैंसेपाटीमा उद्घाटन

काठमाडौं । नेपालकै पहिलो र एक मात्र भिट्रिफाइड टाइल्स निर्माता कम्पनी लेमिनार टाइल्सले ललितपुरको भैंसेपाटीमा नयाँ डिलर शो रूम सुरु गरेको छ। कारीबिनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलर नियुक्त गर्दै उक्त शो रूमको उद्घाटन गरिएको हो।
शुक्रबार आयोजित औपचारिक समारोहमा कारीबिनायक ट्रेड सप्लायर्सका सञ्चालक मणिराज महर्जन र लेमिनार टाइल्सका निर्देशकद्वय अभिनव चुरिवाल र अशुतोष खेतानले संयुक्त रूपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक चुरिवालले देशभर एक सय भन्दा बढी विशेष शो रूम खोल्ने लक्ष्य रहेको बताए।
गुलरिया, बर्दियामा १२.५ विघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक युरोपियन प्रविधियुक्त प्लान्टमा उत्पादन हुने लेमिनार टाइल्स पाँच फरक साइजमा र ५०० भन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध छन्।
यी पूर्ण रूपमा भिट्रिफाइड टाइल्स ९९.९२ प्रतिशत वाटरप्रूफ छन् भने उच्च गुणस्तरको कच्चा पदार्थ र प्रविधिको प्रयोगका कारण अन्य सिरेमिक टाइल्सभन्दा चार गुणा बढी टिकाउ हुने कम्पनीको दाबी छ।
















जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया