असार १५ भित्र शिक्षा ऐन ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन आउने पनि बताए ।
“असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,” उनले भने ।
उनले त्यसअघि भएका सम्झौताबारे पनि छलफलका लागि आफू तयार रहेको बताए । उनले शिक्षकसँग भएको नौबुँदे सम्झौताको दायित्व वार्षिक आठ अर्ब रुपैयाँ रहेको र अब थप आर्थिक भार पर्ने माग धान्न नसकिने स्पष्ट पारे ।
“नौबुँदे सम्झौता आउने आर्थिक वर्षदेखि लागु हुन्छ । त्यसको दायित्व आठ अर्ब रुपैयाँ थप दायित्व नेपाल सरकारले बेहोर्छ । त्यसअघिका मागहरूमा पनि छलफल गर्न तयार छु । तर, अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन । बजेट पनि आइसक्यो,” उनले भने ।
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया