असार १५ भित्र शिक्षा ऐन ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन आउने पनि बताए ।
“असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,” उनले भने ।
उनले त्यसअघि भएका सम्झौताबारे पनि छलफलका लागि आफू तयार रहेको बताए । उनले शिक्षकसँग भएको नौबुँदे सम्झौताको दायित्व वार्षिक आठ अर्ब रुपैयाँ रहेको र अब थप आर्थिक भार पर्ने माग धान्न नसकिने स्पष्ट पारे ।
“नौबुँदे सम्झौता आउने आर्थिक वर्षदेखि लागु हुन्छ । त्यसको दायित्व आठ अर्ब रुपैयाँ थप दायित्व नेपाल सरकारले बेहोर्छ । त्यसअघिका मागहरूमा पनि छलफल गर्न तयार छु । तर, अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन । बजेट पनि आइसक्यो,” उनले भने ।
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया