अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक बन्यो विश्व च्याम्पियन
२७ वर्षपछि आइसीसी उपाधि

काठमाडौं । दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा साविक च्याम्पियन अस्ट्रेलियालई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको हो। दक्षिण अफ्रिकाले कुनै पनि फर्म्याटमा विश्व च्याम्पियन बनेको यो पहिलो पटक हो।
साथै दक्षिण अफ्रिका २७ वर्षपछि कुनैपनि आइसीसी ट्रफिको उपाधि जित्न सफल भयो। यसअघि दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफि जितेको थियो।
फाइनलमा साविक विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई जितका लागि २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। शुक्रबार अस्ट्रेलिया आफ्नो दोस्रो इनिङमा २ सय ७ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले २ सय ८२ रनको लक्ष्य प्राप्त गरेको थियो।
उक्त लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम दिनको खेल बाँकी रहँदै शनिबार ५ विकेट गुमाएर पुरा गर्यो। दक्षिण अफ्रिकाको जितमा एइडन माक्रमले १ सय ३६ रनको सानदार शतकीय इनिङ खेले।
उनले आफ्नो इनिङमा १४ चौका प्रहार गरेका थिए। उनी बाहेक कप्तान टेम्बा बभुमाले ६६ रन बनाउँदा विलयन मल्डरले २७ रन बनाए। त्यस्तै डिभिड बेडिङघमले २१ रनको नटआउट इनिङ खेले।
त्यसअघि कंगारु टोलीले पहिलो इनिङमा ७४ रनको अग्रता बनाएङ्को थियो। जसका कारण उसले समग्रमा २ सय ८१ रन जोड्न सकेको थियो। लर्डस स्टेडिमयमा जारी खेलमा अस्ट्रेलियाले दोस्रो इनिङमा १४४ रन जोड्दा ८ विकेट गुमाए पनि मिचेल स्टार्कले ५८ रनको अविजित इनिङ खेल्दै टिमको खराब अवस्थालाई समाले पनि टिमको जितका लागि पर्याप्त भएन।
स्टार्कले दसौं विकेटका लागि जोश हेजलवुडसँग ५९ रनको साझेदारी गरेका थिए। हेजलवुड १७ रनमा आउट भएपछि अस्ट्रेलिया अलआउट भयो। त्यसअघि एलेक्स क्यारीले ४३ रन बनाउँदा स्टिभ स्मिथले १३ तथा मार्नुस लबुसेनले २२ रन बनाएका थिए। दोस्रो इनिङमा अलआउट गर्ने क्रममा दक्षिण अफ्रिकाका लागि कागिसो रबडाले ४ विकेट लिंदा लुंगि एनगीडीले ३ विकेट हात पारे। त्यस्तै मार्को यनसन, वियान मल्डर र एइडन माक्रमले समान १(१ विकेट लिए।
त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा स्टिभ स्मिथ र बेउ वेस्टरको अर्धशतकीय इनिङमा २ सय १२ रन जोडेको थियो। जवाफमा पहिलो इनिङमा दक्षिण अफ्रिका १ सय ३८ रनमै समेटिएको थियो। उसका कुनैपनि खेलाडीले अर्धशतकीय इनिङ खेल्न सकेको थिएन।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया