मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा मूल्यअभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो ।
सङ्घका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब ३ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई ३ लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरे ।
सुनचाँदी तथा रत्न आभूषण व्यवसायीबाट राज्यलाई वार्षिक २० अर्ब रुपैयाँ राजस्व योगदान हुुँदै आएको जानकारी दिँदै अध्यक्ष शाक्यले करको मारबाट आफूहरूलाई मुक्त गर्न अनुरोध गरे ।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रतिक्रिया