मटिहानीमा टोल विकास संस्था कार्यविधि र नागरिक सहायता कक्ष निर्देशिकाबारे छलफल

जनकपुर । सपोर्ट नेपालद्वारा कुर्वे वुस्र्तोसँगको सहयोगमा सामाजिक व्यवस्थालाई सुदृढिकरणका साथै स्थानीयको सुविधाका लागि मटिहानीमा टोल विकास संस्था कार्यविधि र नागरिक सहायता कक्ष निर्देशिकामा छलफल आयोजना गरिएको छ ।
जनकपुरमा आयोजित यस छलफल कार्यक्रममा सहभागी वक्ताहरुले मटिहानी नगरपालिकाभित्र टोल विकास संस्थालाई संस्थागत रूपमा सबल बनाउने र नागरिक सहायता कक्षमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउदै सामाजिक विकासलाई तीब्र बनाउने विषयमा आ—आफ्नो धारणा व्यक्त गरे ।
छलफल कार्यव्रmममा सहभागिता जनाउँदै मटिहानी नगरपालिकाको नगर उप प्रमुख मंजु देवी साहले टोल विकास संस्था कार्यविधि र नागरिक सहायता कक्ष निर्देशिकाले सर्वसाधारण नागरिकको स्थानीय सरकारमा सहभागिता र पहुचमा अभिवृद्दि हुनुका साथै नियमनमा पनि टेवा पु¥याउने कुरामा जोड दिए ।
सो अवसरमा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले टोल विकास संस्था र नागरिक सहायता कक्षले सेवा प्रवाहलाई प्रभावकारी सहायक हुने बताउँदै त्यसबाट स्थानीयले लाभ लिन सजिलो हुने बताए ।
उनले नगरपालिकाले स्थानीयका लागि दिने सेवालाई सजिलैसँग लाभग्राहीसम्म पु¥याउन कार्यविधिहरू आवश्यक हुने बताएका हुन् ।
नगरपालिकाका योजना अधिकृत चन्देश्वर यादवले छलफलमा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटी निर्देशिकालाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।
सपोर्ट नेपालका अध्यक्ष रोशना खड्काले छलफलमा सहभागी भई कार्यविधी र निर्देशिका तयार पार्न दिनुभएको अमूल्य सुझावले स्थानीय बासिन्दाका लागि स्थानीय तहले दिने सेवा, सुविधा पारदर्शी र शासनको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले सामाजिक विकासका लागि काम गर्ने संस्था सपोर्ट नेपालको पहलमा स्थानीय जनप्रतिनिधी, अधिकारकर्मी, अभियन्ताहरुको आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोग मिल्ने विश्वास व्यक्त गरेकी छन्।
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया