इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता
मेरोन्यूज
२०८२ असार ४ गते ११:४३

काठमाडौँ। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको हो।
‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ दूतावासले सूचनामा भनेको छ।
उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया