बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

काठमाडौँ । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड G7 नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो।
चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ। फोटोन टुनल्यान्ड G7 कम्पनीको यही प्रतिबद्धता र आधुनिक डिजाइनप्रतिको विश्वासको प्रमाण हो।
टुनल्यान्ड G7 उपभोक्ताहरूका लागि बनाइएको हो जो सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्दछन्। नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ। २२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ। हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस-स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ।
फोटोन टुनल्यान्ड G7 ले मजबुत क्षमतासँगै आरामदायी यात्रा पनि सुनिश्चित गर्छ। क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिनले तपाईंलाई स्वागत गर्नेछ जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउँछ। चालक र यात्रु दुवैलाई कुनै पनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन्, र तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने खालका छन्। प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुन सक्छन् भन्ने अनुभूति दिलाउनेछ। र, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया