नेदरल्याण्ड्स विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यस्तै आरिफ शेख र भीम सार्कीले पनि महत्त्वपूर्ण रनको योदान दिए । आरिफले मात्र २३ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३९ रनको योदान दिए । स्वास्थमा समस्या भएपछि उनी रिटायर हर्ट भए ।
यस्तै भीम सार्कीले पनि १६ बलमा १ छक्का र दुई चौकासहित २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले नटआउट १६ रन जोड्दा लोकश बमले भने चार बलमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।
बलिङ तर्फ नेदरल्यान्ड्सका बेन फ्लेत्चर, आर्यन दत्त, ज्याक लियोन क्याचेट र रियोल्फ भानडर मर्भेले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।
यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । चार खेलमा नेदरल्यान्ड्सले २ हार र २ जित निकाल्यो ।
यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो ।

















अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
झापाका किसानले चैते धानको उचित मूल्य पाएनन्
वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया