मंगलबार, वैशाख ८, २०८३

टी-२० सिरिजकाे अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

मेरोन्यूज २०८२ असार ६ गते ९:२४

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।

Advertisement
NiccNicc

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।

पहिलो खेलमा नेदरल्यान्ड्स संग नेपाल पराजित भएको थियो ।नेपालको दोस्रो खेलमा स्कटल्यान्ड दुई विकेटले पराजित भयो

नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२०मा डेब्यु गरेका छन्।

प्रतिक्रिया