अञ्जिलाको कप्तानीमा एएफसी एसियन कप छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौँ । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यस्तै डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह एफमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया