चितवन दुर्घटना अपडेट: गर्भवतीसहित ७ जनाको मृत्यु, २ मृतकको मात्र सनाखत

चितवन। चितवनको राप्ती नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको खहरेपुलनजिक शनिबार (आज) बिहान बस र माइक्रो बस ठोकिँदा गर्भवतीसहित ७ जनाको मृत्यु भएको छ।
मृतकमा हाल नाम थर, वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षकी गर्भवती पनि छिन्।
प्रहरीका अनुसार मृतकमध्ये अहिलेसम्म २ जनाको मात्रै सनाखत भएको छ। ५ जनाको पहिचान हुन बाँकी छ।
मृतकमध्ये मकवानपुरको हटियाका ५५ वर्षका सोमप्रसाद रुपाखेती र मकवानपुरकै हेटौँडा-५ की ५३ वर्षकी मैयाकुमारी न्यौपाने पहाडीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्।
यस्तै थर वतन नखुलेकी अन्दाजी १८/१९ वर्षीया महिला, अन्दाजी २४/२५ वर्षीया महिला, अन्दाजी २२/२३ वर्षका पुरुष र नाम, थर वतन नखुलेका अन्दाजी ३५/४० वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार हाल घाइतेहरूको विवरण संकलन भइरहेको छ। दुर्घटनामा कम्तीमा १८ जना घाइते भएको बताइएको छ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया