तेहरानमा रहेका नेपाल र श्रीलङ्काका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने

इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो । “नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धार गर्नेछ,” इरानस्थित भारतीय दूतावासले लेखेको छ। इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ’अपरेसन सिन्धु’ अन्तर्गत अहिलेसम्म ५१७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्केका छन् । जयसवालका अनुसार इरानबाट भारतीयहरूलाई लिएर एक विशेष विमान जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट नयाँ दिल्ली आइपुगेको थियो।
एक्समा जयसवालले लेख्नुभएको छ, “अपरेसन सिन्धु जारी छ । तुर्कमेनिस्तानको अश्गाबातबाट एक विशेष उद्धार उडान जुन २१ को बिहान ३ बजे नयाँ दिल्लीमा अवतरण गरेको थियो। हालसम्म इरानबाट ५१७ जना भारतीय नागरिक ’अपरेशन सिन्धु’ अन्तर्गत स्वदेश फर्किएका छन् ।”
इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ । गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक विशाल हवाई आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो। त्यसको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले इजरायली लडाकु विमान इन्धन उत्पादन केन्द्र र ऊर्जा आपूर्ति केन्द्रलाई लक्षित गरी ‘अपरेसन ट्रु प्रोमिस ३’ नामक ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो । —
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया