तेहरानमा रहेका नेपाल र श्रीलङ्काका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने

इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो । “नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धार गर्नेछ,” इरानस्थित भारतीय दूतावासले लेखेको छ। इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ’अपरेसन सिन्धु’ अन्तर्गत अहिलेसम्म ५१७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्केका छन् । जयसवालका अनुसार इरानबाट भारतीयहरूलाई लिएर एक विशेष विमान जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट नयाँ दिल्ली आइपुगेको थियो।
एक्समा जयसवालले लेख्नुभएको छ, “अपरेसन सिन्धु जारी छ । तुर्कमेनिस्तानको अश्गाबातबाट एक विशेष उद्धार उडान जुन २१ को बिहान ३ बजे नयाँ दिल्लीमा अवतरण गरेको थियो। हालसम्म इरानबाट ५१७ जना भारतीय नागरिक ’अपरेशन सिन्धु’ अन्तर्गत स्वदेश फर्किएका छन् ।”
इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ । गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक विशाल हवाई आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो। त्यसको जवाफमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले इजरायली लडाकु विमान इन्धन उत्पादन केन्द्र र ऊर्जा आपूर्ति केन्द्रलाई लक्षित गरी ‘अपरेसन ट्रु प्रोमिस ३’ नामक ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेको थियो । —


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया