शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनशीप’का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम भएका कृष महर्जनलाई प्रधानमन्त्री ओलीले आज रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरे ।
नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको उक्त कार्यक्रममा पछिल्ला अन्तरराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदातालाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पत्ति रहेकाले शारीरिक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै देशवासीको स्वास्थ्य सबल बनाउन तयार पारिकएको स्वास्थ्य नीतिको मूल उद्देश्य निरोगी नेपाल भएकाले आरोग्यका लागि सबैले ध्यान दिर्नुुुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले अन्तरराष्ट्रिय प्रतियोगितामा विजयी भएर देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको बताए ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया