अमेरिकी आक्रमणपछि फोर्डो आणविकस्थल रहेकाे काेम सहरकाे अवस्था कस्ताे छ ?

इरान । कोम प्रान्तीय संकट व्यवस्थापन मुख्यालयका प्रवक्ता मोर्तेजा हेयदारीले अमेरिकी आक्रमणपछि फोर्डो आणविकस्थल रहेकाे काेम सहरकाे अवस्था शान्तिपूर्ण रहेकाे बताएका छन् ।
कोममा इरानकाे तस्निम समाचार एजेन्सीसँग कुरा गर्दै प्रवक्ता हेयदारीले भने: “जसरी कोम शहर हालैका दिनहरूमा पूर्ण शान्तिमा रहेको छ र आज पनि मानिसहरू आफ्नो सामान्य जीवनमा व्यस्त छन् । त्यसरी नै उनीहरूले अफवाहहरूको पर्वाह नगरी शान्तिपूर्वक आफ्नो जीवन बिताउन जारी राख्नु पर्छ।” फोर्डो आणविक स्थलमा बिहान भएको आक्रमणलाई उल्लेख गर्दै उनले थपे: “कोम प्रान्तका सम्माननीय र साहसी जनताले कुनै चिन्ता लिनु पर्दैन र उनीहरूलाई कुनै खतरा छैन।”
कोम गभर्नरेटका उप-राजनीतिक तथा सुरक्षा अधिकारीले भने: “शत्रुहरूले मनोवैज्ञानिक युद्ध खोजिरहेका छन् र अफवाह फैलाएर जनताको शान्तिलाई खलल पारिरहेका छन्, तर हाम्रा सम्माननीय जनता शत्रु मिडियाको झूटमा ध्यान दिन धेरै सतर्क छन्।” प्रान्तको वर्तमान अवस्थालाई उल्लेख गर्दै प्रवक्ता हेयदारीले पुरै प्रान्त र पवित्र शहर कोम पूर्ण शान्तिमा रहेकाे र मानिसहरूको जीवन सामान्य रूपमा चलिरहेको बताए ।
उनले थप भने, “केही घण्टा अघि, कोमको हवाई प्रतिरक्षा सक्रिय भएपछि र शत्रुतापूर्ण लक्ष्यहरू पहिचान गरिएपछि, फोर्डो आणविक स्थलको एक भागमा शत्रुको वायु सेनाले आक्रमण गरेको थियाे । ” प्रवक्ता हेयदारीले मानिसहरूलाई अफवाहहरूमा ध्यान नदिन आग्रह गर्दै आधिकारिक स्रोतहरूबाट भरपर्दो समाचार र सूचनामात्रै विश्वास गर्न आग्रह गरेका छन् ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया