मंगलबार, वैशाख २२, २०८३

पुरानै मूल्यमा आयो बीवाइडीको नयाँ डल्फिन, यस्ता छन् फिचर

मेरोन्यूज २०८२ असार ८ गते १३:३३

काठमाडौं । बीवाइडीको नयाँ डल्फिन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रता साइमेक्स इंकले आइतबार एक कार्यक्रमको आयोजना गर्दै डल्फिन २०२५ मोडल लञ्च गरेको हो ।

Advertisement
NiccNicc

याे गाडीमा ल्याे वाेल्टेज ब्याट्री र १५ वर्षसम्मको लाइफ भएको ब्याट्री उपलब्ध छ । डल्फिन २०२५ मा एनएफसी कि लेस इन्ट्री पनि छ जसले मोबाइलबाटै गाडी स्टार्ट अन अफ गर्न सकिन्छ। यसमा, यसमा बिवाडिडी एप पनि इन्स्टल छ।

डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिनेको छ। यो मूल्य पूरानै मोडेलको गाडी समान हो।

बिवाडिडी डोल्फिनमा ४४.९ किलोवाट आवर क्षमताकाे ब्याट्री जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा ३४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीकाे दाबी छ ।

यसमा ७० किलोवाट क्षमताको प्रमानेन्ट म्याग्नेट सिन्क्राेनस मोटर जडान गरिएको छ। यसले १८० एनएमको टर्क उत्पादन गर्छ।

याे नयाँ डोल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जनहरूसमेत गरिएको छन्। बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको ‘बिल्ड यौर ड्रिम्स’ लोगोलाई ‘बिवाडिडी’ लोगोमा परिवर्तन गरिएको छ।

गाडीकाे क्याबिनमा १२.८ इन्चको घुम्ने टचस्क्रिन इनफोटेन्मेन्ट प्रणाली छ। गाडीमा ३४५ लिटर बुट स्पेस छ, जुन पछाडिका सिटहरू फोल्ड गर्दा १,३१० लिटरसम्म बढाउन सकिन्छ।

डल्फिन २०२५ मा ४ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ; ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि छन्। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरू पनि याे गाडीमा समावेश छन्।

प्रतिक्रिया