इरानमाथि हमलापछि अमेरिकामा सुरक्षा कडा
मेरोन्यूज
२०८२ असार ८ गते १८:३७

इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि न्युयोर्क र वासिंगटन डिसीसहित केही ठूला शहरमा सुरक्षा बढाइएको छ ।न्युयोर्क प्रहरी विभागले इरानको अवस्थाबारे निरन्तर निगरानी राखेको बताएका छन् ।
यस्तै वासिंगटन डिसीको महानगर प्रहरीले अवस्थाबारे जानकार रहेको भन्दै गुप्तचर एजेन्सीसँग मिलेर गोप्य जानकारीहरू संकलन गरिरहेको जनाएको छ । यस्तै अमेरिकाका धार्मिक स्थलमा पनि सुरक्षा बढाइएको छ ।
इरानले अमेरिकाले इरानमाथि हमला गरेमा अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाउने बताएको थियो । इरानले अमेरिकी हमलासँगै अब कूटनीतिक वार्ताको कुनै अर्थ नभएको बताइसकेको छ ।
विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणपछि कूटनीतिको अर्थ नभएको बताएका हुन् । उनले कूटनीतिको ढोका सधैँ खुला हुनुपर्ने तर अब यस्तो अवस्था नभएको उल्लेख गरेका छन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया