नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २ खेलेर स्वदेश फर्किएको छ ।
आइतबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो ।
त्यस्तै लिग टु अन्तर्गतको सिरिज पश्चात् भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो । स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए ।
नेदरल्यान्ड्स र स्कटल्यान्डसंगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टि ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ ।


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया