खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा । खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिन थालिएको छ ।
नगरभित्रका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लब तथा विद्यालयमा भलिबल प्रशिक्षणको व्यवस्था गरिएको छ ।
रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रशिक्षणको माध्यमबाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिम सञ्चालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिए ।
फुटबलतर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबलतर्फ विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरी सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण दिन थालिएको बताए । “बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण दिन थालेका हौँ,” उनले भने ।
आगामी दिनमा अन्य खेललाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिने नगर प्रमुख थापाले बताए । विगतमा समितिले मेयर कपअन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिइएको हो ।
भलिबल खेलाडीलाई राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठ र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कसममल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण दिएका हुन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सेनले खेलाडी उत्पादनसँगै खेलक्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । समितिले यसअघि १६० बालबालिकालाई करातेको प्रशिक्षण प्रदान गरेको थियो ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया